एजेन्सी := युराे कप फुटबलमा हिजो बुधबार भएकाे पहिलाे खेलमा रुसले फिनल्यान्डलाई हराएकाे छ । आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई १-० गोल अन्तरले हराएकाे हाे ।
रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे । समूह ‘बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् ।
यससँगै समूह बीमा दुई खेलबाट तीन अंकसहित रुस दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि हेड टु हेडमा पछि परेको फिनल्यान्ड तेस्रो स्थानमा छ ।
एक खेलबाट तीन अंक बटुलेको बेल्जियम शीर्ष स्थानमा छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । त्यस्तै, फिनल्यान्डले डेनमार्क विरुद्ध १–० को जित निकालेको थियो ।




















