एजेन्सी := यूईएफए यूरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले स्वीजरल्याण्डमाथि सहज जित निकालेको छ। इटलीको रोमस्थित स्टेडीययो ओलम्पिकोमा सम्पन्न खेलमा स्वीजरल्याण्ड इटलीसँग ३-० को फराकिलो अन्तरले पराजित भएको हो।
इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे । जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ ।
समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।यो सँगै समूह ‘ए’ मा ६ अंक जोडेको इटली शीर्षस्थानमा रहँदा ४ अंक जोडेको वेल्स दोस्रो स्थानमा, १ अंक जोडेको स्वीजरल्याण्ड तेस्रो र जितविहीन टर्की तालिकाको पुछारमा छन्।




















