युरो कप फुटबल: वेल्सको पहिलो जित।

एजेन्सि:= यूईएफए युरो कप अन्तर्गत हिजो बुधबार सम्पन्न दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ। बाकु इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा वेल्सले टर्कीमाथि २-० को जित निकालेको हो।

वेल्सका आरोन राम्से र कोनर रोबट्र्सले एक/एक गोल गरे ।जितसँगै वेल्सले दुई खेलमा चार अङ्क जोडेको छ । वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

टर्कीको यो लगातार दोस्रो  हार हो । टर्कीलाई पहिलो खेलमा इटलीले ३–० गोलले हराएको थियो । टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

जितसँगै वेल्स ४ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेल्सले स्वीजरल्याण्डमाथि १-१ को बराबरी खेलेको थियो।

त्यस्तै एक खेल खेलेको इटली ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै १ खेल खेलेको स्वीजरल्याण्डले १ अंक जोड्दा पहिलो खेलमा इटली र दोस्रो खेलमा वेल्ससँग पराजय ब्यहोरेको टर्की अंकविहीन छ।