काठमाडौं:= सिन्धुपाल्चोकमा गएराति आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । अरु थप क्षतिको विवरण आउन बाँकी छ ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । सँयौ मानिसको बाढी पहिरोका कारण बिचल्लि भएको छ ।




















