एजेन्सी := दक्षिण भारतीय चलचित्रकी स्टार कीर्ति सुरेशले तनाव भुल्नका लागि योगा सुरु गरेको जानकारी गराउनु भएको छ ।
बुधबार आफ्नो सोशल मिडिया पोष्टमा तनावबाट बच्ने एउटा उपायबारे चर्चा गर्दै कीर्तिले इन्स्टाग्राममा एक तस्वीर पोष्ट गर्नुभएको छ । जसमा उहाँ वृक्षान गर्दै गरेको अवस्थामा देखिनुहुन्छ ।
तस्वीरसँगै उहाँले लेख्नुभएको छ, ‘दिनभरमा गरिएको केही योगले तनावलाई टाढै राख्छ ।’ कीर्तिले तमिल, तेलुगु र मलयालम चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।
उहालाई २०१८ को तेलुगु बायोपिक चलचित्र ‘महानती’मा अभिनेत्री सावित्रीको भूमिका निर्वाह गरेबापत भारतको राष्ट्रिय फिल्म पुरस्कार मिलेको थियो । उहाँलाई ‘गुड लक सखी, मरक्कर : अरबीकादलिनते सिम्हम, वाशी र सरकारु वारी पाटा’ लगायत केही चलचित्रमा देख्न पाइनेछ ।


















