चीनसँग सूर्यभन्दा १० गुणा शक्तिशाली कृतिम सूर्य।

एजेन्सी := चिनियाँ वैज्ञानिकहरू प्लाज्मामा फ्युजन विधिबाट कृतिम सूर्य निर्माण गर्न दिशामा ठूलो सफलता हात पारेका छन्। हालै गरिएको एक प्लाज्मा फ्युजन परिक्षणमा उनीहरू १२० मिलियन डिग्री सेल्सिएर तापक्रम उत्पन्न गर्न सफल भएका छन् । योसँगै अब हाम्रो पृथ्वीलाई तातो र उज्यालो दिने वास्तविक सूर्यभन्दा १० गुणा शक्तिशाली सूर्य चीनसँग भएको छ । यसले वास्तविक सूर्यले भन्दा धेरैै ताप र प्रकाश दिन सक्छ र यसले हामीलाई पर्ने ऊर्जाको आवश्यकता पनि पूरा गर्न सक्छ। हालै यो कृत्रिम सूर्यको तापमान सक्रिय गराइएको थियो । यस क्रममा यो कृत्रिम सूर्यको तापमान वास्तविक सूर्यको भन्दा १० गुणा बढीसम्म पुगेको थियो ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएनुसार यो कृत्रिम सूर्यले १ सय सेकेण्डको लागि १२० मिलियन डिग्री सेल्सियस तापक्रम हासिल गरेको थियो । यस क्रममा एकपटक यो सूर्यको तापक्रम उच्चतम विन्दूमा पुग्दा यसको तापक्रम १६० मिलियन डिग्री सेल्सियससम्म पुगेको थियो । चिनियाँ वैज्ञानिकहरूका अनुसार यो कृत्रिम सूर्यले १२० मिलियन डिग्री सेल्सियसको तापक्रम प्राप्त गर्नु ठूलो सफलता हो । यससँगै चिनियाँ वैज्ञानिकहरूले यसअघि १ सय सेकेण्डको लागि १ सय मिलियन डिग्री सेल्सियस तापक्रम हासिल गरेको आफ्नो पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् ।

शेनझेनको साउदर्न युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको भौतिक विभागका निर्देशक ली मियाओका अनुसार वैज्ञानिकहरूको अबको लक्ष्य यो रिएक्टरलाई एक हप्तासम्म लगातार स्थिर तापमानमा चलाउनु हुन सक्छ । ग्लोबल टाइम्ससँग कुरा गर्दै मियाओले भन्नुभयो ‘यो महŒवपूर्ण सफलता हो । अबको लक्ष्य तापमानलाई लामो समयसम्म स्थिर राख्नु हो । अब यो दिशामा काम गरिनेछ ।’ चीनको पूर्वी अनहुई प्रान्तमा रहेको यो रिएक्टरलाई अत्याधिक ताप र शक्तिका कारण कृत्रिम सूर्य भनिन्छ । यसलाई गएको वर्षको अन्तिममा तयार गरिएको थियो ।

सियामेन विश्वविद्यालय ऊर्जा अर्थतन्त्र अनुसन्धान केन्द्र डाइरेक्टर लिन बोकियाङका अनुसार यो अझै प्रयोगात्मक चरणमा रहको र व्यावसायिक चरणका प्रवेश गर्न अझै ३० वर्ष लाग्न सक्छ । चीनको हरित अर्थतन्त्र निर्माणको सपनालाई यसले साकार पार्न मद्धत गर्न सक्दछ ।चीनले कृत्रिम चन्द्रमा पनि बनाउने घोषणा गरेको गरेको थियो । विज्ञानको क्षेत्रमा अन्य मूलुकलाई पछि पार्न चीनले बारम्बार नयाँ प्रविधिको विकास गरिरहेको छ ।

दक्षिण कोरियाले पनि यस क्षेत्रमा काम गरिरहेको छ । दक्षिण कोरियाको कृत्रिम सूर्य कोरिया सुपरकन्डक्टिङ टोकामक एड्भान्स्ड रिसर्च छ जसले २० सेकेण्डको लागि १०० मिलियन डिग्री सेल्सियस तापक्रम स्थिर राख्न सफल भएको छ । चीनको रिएक्टरलाई सूर्यभन्दा शक्तिशाली यसकारण भनिएको हो किनकि यसको तापक्रम उच्चतम विन्दूमा पुग्दा १२० डिग्री सेल्सियस पुगेको थियो र २० सेकेण्डसम्म स्थिर रहेको थियो । वास्तविक सूर्यको कोरको तापक्रम १५ मिलियन डिग्री सेल्सियस मानिन्छ ।