केराका खानुको अनेक फाइदा।

आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केरा सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ ।

दूधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जियत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । आमाशयमा खानेकुरा रहने समयसमेत कम गर्छ ।

केराको गुदीमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ, जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ भन्ने गरिन्छ । एक अध्ययनअनुसार दिनको एउटा शुद्ध केरा खानाले मृगौलाको क्यान्सरमा कमी आउँछ । शरीरमा आवश्यक पोटासियमको कमीको परिपूर्ति गर्छ । पिसाब बढी भइरहने समस्या ठीक हुँदै जान्छ ।

चिकित्सकका अनुसार दिनमा दुई कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरूको खाँचो पूरा गर्छ । केरा चिसो प्रकृतिको हुनाले जाडोयाममा बेलुकीपख खान हुँदैन । ज्वरो, रुघा, खोकी र टन्सिल भएको बेला पनि यसको प्रयोगले नकारात्मक असर पार्न सक्छ । यस्तै अनुहारको छालामा केराको प्याक बनाएर लगाउन सकिन्छ । केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको मिश्रण अनुहारको छालामा लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ ।

१०० ग्राम केरामा पाइने पोषक तत्व

प्रोटिन–१ दशमलव २ ग्राम

खनिज– ० दशमलव ८ ग्राम

कार्बोहाइडे«ड–२७ दशमलव २ ग्राम

फसफोरस–३६ मि.ग्रा.

भिटामिन ‘ए’–१३० मि.ग्रा.

भिटामिन ‘सी’–७ मि.ग्रा.

चिल्लो पदार्थ–० दशमलव ३ ग्राम

रेसा–० दशमलव ४ ग्राम

क्याल्सियम–१८ मि.ग्रा.

फलाम–० दशमलव ९ मि.ग्रा.

भिटामिन ‘बी’–० दशमलव ०५ मि.ग्रा.

क्यालोरी–११६ मि.ग्रा.