एजेन्सी:= कोपा अमेरिका फुटबल अर्जेन्टिनामा आयोजना नहुने भएको छ । कोरोना महामारीको कारण अर्जेन्टिनामा प्रतियोगिता नगरिने भएको दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ९कन्मेबोल० ले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि अन्य राष्ट्रसँग छलफल भईरहेको जनाएको छ । कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
अघिल्लो वर्ष आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो । यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियालाई सह आयोजकबाट हटाईएको थियो ।




















