डाक्टर र नर्सहरुमाथि आक्रमणको घटना छानबिन गरि दोषीमाथि कडा कारवाही गर्न देउवाकाे माग।

काठमाडौं:= नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गर्नु भएको छ।

सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्नु भएको हो।

सभापति देउवाले शुक्रबार फेसबुकमार्फत ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्,’ सभापति देउवा लेख्नुहुन्छ ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’