पिएसजीलाई पछि पारेर एन्जर्सलाई २-१ गोलले हराउदै लिल बन्यो फ्रेञ्च लिग च्याम्पियन।

एजेन्सी (खेलकुद):= लिलले फ्रेञ्च लिग वानको उपाधि जितेको छ। आइतबार राति भएको लिगको अन्तिम खेलमा लिलले एन्जर्सलाई २-१ गोलले पराजित गरेसँगै लिगको उपाधि जितेको हो।

लिलले १० वर्षपछि लिगको उपाधि जितेको हो। यसअघि सन् २०१०/११ मा लिलले ५७ वर्षपछि लिगको उपाधि जितेको थियो। लिलले समग्रमा चौथो पटक लिगको उपाधि जितेको हो।अन्तिम खेलमा लिलले अंक गुमाएको अवस्थामा जित हात पारेको पिएसजीले उपाधि जित्ने अवस्था थियो।

यता अन्तिम खेलमा ब्रेस्टलाई २-० गोलले पराजित गरेको पिएसजीले दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो।