माओवादी छाडेर एमालेमा लागेका सात मन्त्रीको पद गुम्यो, सर्वोच्चद्धारा नियुक्ति बदर।

काठमाडौं:= माओवादी छाडेर एमाले प्रवेश गरेका सात जना मन्त्रीको पद गुमेको छ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तीविरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएपछि उनीहरुको पद आजैबाट गुमेको हो ।

फागुण २३ मा सर्वोच्चले एमाले र माओवादी ब्युताईदिए पछि पनि पूर्व माओवादी नेताहरु एमालेमै बसेका थिए । त्यस पछि माओवादीले उनीहरुको सांसद पद खारेज गरे पछि पनि उनीहरुले पुनः मन्त्री पदमा शपथ खाएका थिए ।

त्यस पछि बैशाख २७ मा प्रधानमन्त्रीले विस्वासको मत गुमाए पछि पुनः मन्त्रीमा शपथ खाएकाले गैर सांसदले बढीमा ६ महिना सम्म मात्र मन्त्री बन्न पाउने प्रावधान अनुसार भन्दै प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको ईजलाशले यस्तो फैसला गरेको हो ।

इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले सात मन्त्रीको नियुक्ती बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।