सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो।

धनगढी := सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ ।बुधबारसम्म प्रदेशका नौ जिल्लामा गरि कुल १० हजार १ सय २२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङक अनुसार कैलालीमा सबै भन्दा बढी ४ हजार ८ सय ७१,कञ्चनपुरमा १ हजार ७ सय ८६,बैतडीमा ८ सय ३३,अछाममा ७ सय ४२,बझाङमा ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै डडेल्धुरामा ५ सय ६४ जना ,डोटीमा ४ सय ६२ जना ,दार्चुलामा २ सय ७ जना,बाजुरामा ७ जना र २३ जना अन्य प्रदेशका गरि जम्मा १० हजार १ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशमा हाल सम्म ३ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।