यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२१ / ०५/ १९ तारिख, सोमबारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५८ पैसा र विक्रिदर ११७ रुपैयाँ १८ पैसा रहेको छ । आज युरो १ को खरिददर १४२ रुपैयाँ ४४ पैसा र विक्रिदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियालको खरिद दर ३२ रुपैंयाँ १ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ १७ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ९ पैसा तथा विक्रिदर ३१ रुपैंयाँ २५ पैसा छ। युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७४ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९० पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ २५ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ४० पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८७ रुपैंयाँ ७१ पैसा तथा विक्रि दर ३ सय ८९ रुपैयाँ ७० पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैंयाँ २६ पैसा तथा विक्रि दर ३ सय १० रुपैंयाँ ८५ पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको थियो , तर पुनः केहिदिनदेखी मलेसियन रिंगेटको दररेट ओरालो झर्दै गैइरहेको देखिन्छ। विभिन्न देशमा रहेका वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।