काठमाडौं := लमजुङ केन्द्रबिन्दु भएर बुधबार बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूकम्पले धेरै क्षती पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।
लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिएका छन् ।
यस्तै भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्कने क्रममा भागदौड हुँदा केही मानिस सामान्य घाइते भएका छन् छन्।प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार भूकम्पले कच्ची घरहरूमा बढि क्षति पुगेको छ भने केही स्थानमा सुख्खा पहिरो पनि खसेको छ । क्षतिबारे सम्पूर्ण जानकारी नआएको उनले बताए । यस्तै बिभिन्न स्थानमा पक्कि घरहरुपनि चर्किएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५।८ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकासम्म समेत महसुस गरिएको थियो ।
सामाजिक संजालबाट लिइएको तस्बिरहरू :
























