कञ्चनपुरमा एकैदिन १५ जना कोभिड-१९ संक्रमितको मृत्यु।

कञ्चनपुर:= कोभिड संक्रमणबाट कञ्चनपुर जिल्लामा एकैदिन १५ जनाको ज्यान गएको छ । मृतकमध्ये १४ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेशनमा ज्यान गएको हो ।

महाकाली अस्पतालमा उपचाररत १० जना, सेती प्रदेशिक अस्पतालमा दुई जना, दोधारा स्वास्थ चौकीमा र डडेल्धुरा अस्पतालमा एक–एक जना तथा होम आइसोलेशनमा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्लामा कोभिडबाट हालसम्म ८९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये गतवर्ष १४ जनाको ज्यान गएको थियो भने दोस्रो चरणको कोरोना भेरिएन्टका कारण ७५ जनाको ज्यान गएको छ ।