म्यानचेस्टर युनाइटेड हारेपछी म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबल च्याम्पियन।

एजेन्सी (खेलकुद):= म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई लेस्टर सिटीले २-१ ले पराजित गरेसँगै सिटी लिग च्याम्पियन बनेको हो। सिटीले पछिल्लो चार वर्षमा तेस्रो उपाधि जितेको हो।

मंगलबार युनाइटेड पराजित भएसँगै अन्तिम तीन खेलअघि सिटीले १० अंकको अग्रता लियो। तीन खेलअघि उपाधि जितेको शीर्ष स्थानको सिटीको ८० अंक छ भने दोस्रो स्थानको युनाइटेडको ७० अंक छ। सन् २०१६ मा सिटीको प्रशिक्षक बनेदेखि पेप ग्वार्डिओलाले ८ वटा घरेलु उपाधि जितिसकेका छन्।