बारामा चार जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु।

बारा:= जिल्लामा दुई दिनको अन्तरालमा चार जना कोभिड संक्रमितको मृत्यू भएको छ । कोभिड संक्रमणका कारण बारामा दुई दिनको अन्तरालमा चार जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिका १३ कोटाका ५३ वर्षीय महिलालाई किडनिक र श्वास प्रश्वासमा समस्या भई उपचारको लागि नारायणी अस्पतालमा वैशाख २६ गते भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । विरामी भएकी महिलाको आरटीपीसीआर चेकजाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको प्रनाउ मिश्रले जानकारी दिनुभयो । रिपोर्ट पोजेटिभ आउने वितिकै महिलालाई नारायणी अस्पतालको आइसुलेशन वार्डमा राखी उपचार शुरु गरिएकोमा उपचारकै क्रममा मंगलबार सवा नौ बजे मृत्यू भएको प्रनाउ मिश्रले जानकारी दिनुभयो । मृतकको शव सतगदको लागि सुरक्षाको मापदण्ड पूरा गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिका २४ हरपुरका ४२ वर्षीय पुरुषको श्वास प्रश्वासमा समस्या आई वैशाख १८ गते वीरगंज स्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनको आरटीपीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसुलेशनमा राखी उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा उनको मंगलबार पौने आठ बजे मृत्यू भएको प्रनाउ मिश्रले बताउनुभयो ।

त्यसै गरि परवानीपुर गाउँपालिका १ बुनियादका ५५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यू भएको छ ।

वैशाख २५ गते महिलालाई श्वास प्रश्वासमा समस्या आई उपचारको लागि नारायणी अस्पताल वीरगंजमा भर्ना गरिएको थियो । उनको एन्टीजेन टेष्ट गर्दा महिला कोरोेना पोजेटिभ देखिएकी र उनलाई आइसोलेशन वार्डमा राखी उपचारको क्रममा मंगलबार विहान ३ बजे मृत्यू भएको प्रनाउ मिश्रले जानकारी दिनु भयो ।

त्यसै गरि निजगढ नगरपालिका ७ निजगढ टोलका ६० वर्षीय पुरुषको वैशाख २७ गते कोरोना संक्रमणको कारण मृत्यू भएको थियो । पुरुष वैशाख १८ गते ज्वरो र श्वासप्रश्वासमा समस्या भई विरगंज स्थित नारायणी अस्पतालमा भर्ना भएका थिए । उनको एन्टीजेन टेष्ट गर्दा उनी कोरोना पोजेटिभ देखिएका थिए । आइसुलेशन वार्डमा उनको उपचारको क्रममा वैशाख २७ गते मृत्यू भएको थियो ।

बारामा दोश्रो चरणको कोरोना संक्रमणबाट ७ महिला र २३ पुरुष गरी ३० जनाको मृत्यू भईसकेको छ । पहिलो चरणमा ७ महिला र २६ पुरुष गरि ३३ जनाको मृत्यू भएको थियो ।बारामा अहिले दुई सय २ जना महिला र पा“च सय ५८ पुरुष गरि सात सय ६० एक्टिभ कोरोना संक्रमित रहेको प्रनाउ मिश्रले जानकारी दिनुभयो ।

जस मध्ये आइसोलेशनमा ४ महिला र १७ पुरुष गरी २१ जना, होम आइसोलेशनमा एक सय ९८ महिला र पाँच सय ४१ पुरुष गरी सात सय ३९ जना रहेका छन भने कोरोना १० महिला र र २७ पुरुष गरि ३७ जना कोरानामुक्त भई घर फर्केका छन । मंगलबार बारामा २७ महिला र ६२ पुरुष गरी ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रनाउ मिश्रले जानकारी दिनुभयो भने बारामा छ जना प्रहरी कर्मचारी समेत कोरोना संक्रमित भएको बताउनुभयो ।