भ्यालेन्सियामाथि बार्सिलोनाको २-३ गोलअन्तरको जित, मेस्सीको दोहोरो गोल।

एजेन्सी (खेलकुद):= स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि जित निकालेको छ। मेस्टल्ला स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि २-३ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। ५० औं मिनेटमा गाब्रियल पौलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए। तर ५७ औं मिनेटमा लियोनल मेस्सीले खेल बराबरीमा ल्याए। त्यस्तै एन्टोनी ग्रिजमनले ६३ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए। त्यसको ६ मिनेट भित्रै मेस्सीले अर्को गोल थपे। उता भ्यालेन्सियाका लागि कार्लोस सोलेरले ८३ गोल गर्दै टिमलाई खेलमा फर्काउन चाहेका थिए। तर उनको गोल त्यसका लागि पर्याप्त हुन सकेन। र, बार्सिलोनाले खेल ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै समान ३४ खेल खेलेका बार्सिलोना र रियल मड्रिडको समान ७४ अंक भएको छ। त्यस्तै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अंक छ। अर्को खेलमा बार्सिलोनाले लिग लिडर एट्लेटिको मड्रिडको सामना गर्नेछ।