टोटेनहमको सानदार जितमा बेलको ह्याट्रिक।

एजेन्सी (खेलकुद):= इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हटस्परले सेफिल्ड युनाइटेडमाथि सानदार जित निकालेको छ। टोटेनहम हट्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो।

टोटेनहमको जितमा ग्यारिथ बेलले ह्याट्रिक गरे। उनले खेलको ३६, ६१ र ६९ मिनेटमा गोल गरेका थिए। त्यस्तै सन ह्युङ मिनले ७७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न ईपीएलकै अर्को खेलमा आर्सनलले न्यु क्यासलमाथि २-० गोलअन्तरले जित निकालेको थियो।

टोटेनहम ३४ खेलबाट ५६ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै आर्सनल ४९ अंकसहित तालिकाको ९ औं स्थानमा छ।