आईपीएल क्रिकेट: पञ्जाबलाई पराजित गर्दै दिल्ली उक्लियो शिर्ष स्थानमा।

एजेन्सी (खेलकुद):= इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो।

१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए।

पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थिए । तर अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । दिल्लीले ८ खेलबाट १२ अंक हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गर्दा पञ्जाव भने ८ खेलबाट ६ अंक हासिल गर्दै छैटौं स्थानमा सीमित रहेको छ।