भारतमा कोरोना कहर: ३ लाख ८६ हजारभन्दा बढीमा संक्रमण, थप ३५ सय जनाको मृत्यु।

एजेन्सी := भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ४५२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। करिब दुई सातादेखि भारतमा दैनिक ३ लाख संक्रमित पहिचान भएका छन्। यससँगै भारतमा कूल १ करोड ८७ लाख ६२ हजार ९७६ जनामा संक्रण पुष्टि भएको छ।

भारतमा केही दिनदेखि दैनिक दुई हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४९८ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या २ लाख ८ हजार ३३० पुगेको छ।

यस्तै, एकैदिन  २ लाख ९७ हजार ५४० जना संक्रमित डिसर्चाज हुँदा हाल भारतभर सक्रिय संक्रमितको संख्या ३१ लाख ७० हजार २२८ पुगेको छ।