काठमाठौं:= नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ । शनिबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै उपाधि उचालेको हो।
नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालले अहिलेसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार पारेको थियो । नेपालल नेदरल्याण्डलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो।
नेपालले घरेलु मैदानमा पहिलो टी-२० सिरिज जित्दा ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो। यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो।
त्यसपछि नेपालले डिभिजन-४ र डिभिजन-३ को उपाधि विदेशी भूमीमा जितेको थियो। नेपालले सन् २०१९ पहिलो पटक टी-२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।
कुशलले उछिने भारतीय क्रिकेटर विराट कोहलीलाई:

त्यस्तै यो खेलसंगै ल २०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा कुशल भुर्तेल पाँचौ स्थानमा उक्लिएका छन्। नेदरल्यान्डस्विरुद्ध ७७ रन बनाएपछि भारतका कप्तान विराट कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएका हुन् ।
यस वर्ष सर्वाधिक टी–२० रन बनाउने क्रममा महोम्मद रिजवानले ९ खेलमा ४ सय ३९ रन बनाएका हुन् । आठ खेल खेलेर मार्टिन गुप्टिलले ३ सय १८ रन बनाएका छन् । त्यसैगरी बाबर आजमले ९ खेलमा ३ सय २ रन बनाएका छन् । डिपी कनवेले ८ खेलमा ७ इनिङ्ग्स खेल्दै २ सय ९९ रन बनाएका छन् । भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका छन् । भारतका कप्तान कोहलीले यस वर्ष अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ३१ रन बनाएका छन्।
काठमाडौंमा जारी त्रिदेशिय टी–२० अन्तर्रांष्ट्रिय शृंखलामार्फत नै टी–२० डेब्यु गरेका भुर्तेल यो प्रतियोगिता नसकिदैं स्टार ब्याट्सम्यान बनिसकेका छन् । उनी टी–२० खेलमा आईसीसीको शीर्ष १ सयभित्र पर्न सफल एकमात्रै नेपाली ब्याट्सम्यान हुन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन्।





















