मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरस पुनः बढ्यो,आजमात्रै ११ जनाको मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या ३ लाख ९० हजार २५२ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,४२६ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , अप्रिल , २४ तारिख, शनिबारको दिन कोरोनाको कारण थप ११ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,४२६ जना पुगेको हो।

आज मात्रै पुनः २,७१७ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज २,२९२ जना निको भएसंगै जम्मा ३ लाख ६५ हजार ९०० जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

[ photo source : malaysian health ministry department KKM ]
हालसम्म २२ हजार ९२६ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने २७२ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।

 

advertise