पद खुस्किने भएपछि मुख्यमन्त्री गुरुङले गरे गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य।

पोखरा := गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यगरेका हुन् ।

गत चैत २७ गते  प्रदेश सभा बैठक बसेको थियो । वैशाख  ६ गते अर्काे  बैठक बस्ने गरी सोही दिनको बैठक सकिएको थियो। तर, बैठक नै बस्न नपाई बिना जानकारी वैशाख १ गते मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य भएको हो ।

शेरचनले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा (८) को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ०१ गते बुधबार रातको १२ :०० बजे देखि अन्त्य गरेको छु।’