बिस्का जात्रा अन्तर्गत आज आठौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण।

काठमाडौं:= बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ।           यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेड्दै हुनुहन्छ । त्यसका लागि उहाँ चैतको अन्तिम सातादेखि निराहार रहनुभएको छ ।

उहाँले पानी मात्र खाएर बस्नुभएको छ । निरआहार बस्दा जिब्रोमा स्वाद नबस्ने र जिब्रो नरम हुने भएकाले उपवास बसेको उहाँले बताउनुभएको छ । यो वर्षका लागि पनि बोडेको लाकुछेंका नकर्मीहरुले जात्रामा जिब्रो छेड्नकालागि ११ इन्चको नटुचा तयार पारेर राखेका छन् ।

गत वर्ष बुद्धकृष्ण बाग श्रेष्ठ आठौं पटक आफ्नो जिब्रो छेडाउन तयार थिए। तर कोरोनाले जात्रा रोकियो। पेशाले एम्बुलेन्स चालक उनी कोरोना संक्रमितलाई अस्पताल ल्याउनु पुर्‍याउने काममा सक्रिय भए।

उनै श्रेष्ठ यो वर्ष भने गएको वर्ष पूरा हुन नसकेको भाका पूरा गर्दैछन्। आज उनी आठौंपटक जिब्रो छेडाउँदैछन्। त्यसका लागि उनी चैतको अन्तिम सातादेखि निराहार छन्। पानीबाहेक अन्न मुखमा हालेका छैनन्। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ। बोडेको लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा (मुलु-सुइरो) बनाउँदै आइरहेका छन्।