कोरोना संक्रमण बढेपछि दिल्लीमा कर्फ्यू घोषणा।

नयाँदिल्ली:= कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ। विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि लागू हुनेछ ।

पछिल्ला केही हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि यस्तोे निर्णय भएको हो ।११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । यही अवधिमा ९ हजार ९५२ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् ।