नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा मलेसिया स्थित नेपाली दूतावास बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= नेपाली नयाँ वर्ष २०७८ को शुभ अवसरमा मलेसिया क्वालालम्पुर स्थित नेपाली दुतावास पनि बन्द रहने भएको छ।

आज मंगलबार दुताबासले सम्पुर्ण नेपालीजनहरुमा शुभकामना सन्देश व्यक्त सहितको एक सुचना जारी गर्दै भोलि मिती सन् २०२१ अप्रिल , १४ तारिख , नेपाली मिती नयाँ बर्ष २०७८ को वैशाख १ गते दूतावासको कार्यालय बन्द रहने जानकारी दिएको हो।

सो विदाको अवधीमा आकस्मिक ईमर्जेन्सी सेवा लिनको लागि यस दूतावासको हटलाईन नम्बर  +६०१६२४७२७७७ सम्पर्क गर्न सकिने पनि दुतावासले जारी गरेको सुचनामा उल्लेख गरेको छ।

दूतावास ले जारी गरेको सुचना