बीरगञ्जमा भारतबाट आएका युवा सहित दुई कोरोना संक्रमितको मृत्यु।

बीरगञ्ज:= पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुने क्रम पनि बढेको छ । बीरगञ्जमा आज बिहान साढे ३ बजे बारा जितपुर छातापिपरा वडा न ९ का एक ३७ वर्षे युवाको मृत्यु भएको छ । यी युवक होली भन्दा २ दिन अघि भारत हैदरावाद बाट आएका थिए ।

जितपुर सिमारा उपमहानगरपालिका वाड ९ छातापिपरा निवासीका ३७ बर्षका एक पुरूषको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय कुमार सिंहले जानकारी दिनु भयो।

भारतको हैदराबाद बाट १४ गते नेपाल फर्केको केही दिनमै बिरामी परे पछि वीरगन्जको एडभान्स हस्पिटलमा युवकको उपचार भैरहेका थियो । आरटी पिसिआर परिक्षणको क्रममा २९ गते युवकको रिपोर्ट पोजेटिभ आए पछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

युवकको उपचारकै क्रममा आज बिहान साढे तीन बजे मृत्यु भएको डाक्टर सिंहले बताउनु भयो । उनलाई कडा स्वास प्रस्ताव, उच्च जोरो र कडा निमोनिया समेत रहेको बताउनु भयो।

मृतकको आजै नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भएको छ। यस्तै आज बिहान एक ६२ वर्षे पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । २९ गते भर्ना भएका ती वृद्धको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।