काठमाडौं := नयाँ भेरिएन्टको कोरोना बढ्दै गए पनि सरकारले फेरी लकडाउन गर्ने र शैक्षिक संस्था बन्द गर्ने काम भने नगर्ने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन नगर्ने र शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो । यस अघि स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई विद्यालय बन्द गर्न सिफारीस गरे पछि प्याब्सनले असहमति जनाएको थियो । तर सरकारले कोरोना संक्रमण बढ्न नदिन थप सतर्कता र सजगता अपनाउने भने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्रीले बालबालिकामा कोरोनाको संक्रमण बढेकोमा त्यसलाई ध्यान दिन निर्देशन दिएका थिए ।
त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।
सोमबार साँझ बसेको क्याबिनेट बैठकको निर्णयअनुसार आज सीसीएसीका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।




















