वायु प्रदुषणको कारण चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय।

काठमाडौं := पुरै देशैभर वायु प्रदूषण अत्यधिक बढेपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले मंगलबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण  बढेको छ ।