सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको आदेश।

काठमाडौं:= जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो ।

सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको हो ।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ ।

बाटोका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ । हाजिर हुन नआएमा कानुनअनुसार कारवाही हुने भनिएको छ ।

राउतविरुद्ध मुलुकी फौजदारी संहिता, राज्यविरुद्धको संगठित अपराध अन्तरगतका मुद्धा छन् । जनमत पार्टीका प्रमुख राउत मुलधारको राजनीतिमा आएका छन् ।