नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति

अभय दुबे।। १२ चैत । नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति गरिएको छ । महासंघका सचिव प्रकाश थापा र मञ्चका महासचिव निमेष कर्णले विहीबार दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको छ । उक्त सहमतिसँगै मञ्चले सुरु गरेका आन्दोलनका कार्यक्रमहरु स्थगीत भएको छ ।

दुई बुँदे सहमतिको पहिलो बुँदामा विभिन्न जिल्लामा देखिएको सदस्यता विवाद समाधानमा मञ्चले राखेका माग सम्बोधनका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख गरेको छ । यसका लागि महासंघले निर्वाचन समितिलाई आग्रह गर्ने सहमतिपत्रमा उल्लेख छ ।

‘महासंघको घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न मञ्च प्रतिवद्ध छ,’ सहमतिपत्रको दोस्रो बुँदामा उल्लेख छ । मञ्चले महासंघको वर्तमान केन्द्रीय नेतृत्वले विभिन्न जिल्लामा केन्द्रबाट आफूखुसी सदस्यता थप्ने, नवीकरण गर्ने काम गरेको भन्दै यसको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रेस मञ्चका केन्द्रिय सदस्य अनिल वर्माले बताएका छन।