तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य।

काठमाडौं := आज नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आईतबार प्रतितोला ८७ हजार दुई सयमा कारोबार भएको सुन आज सोमबारको दिन प्रतितोला ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार तोलको १२ सय ८० रुपैयाँ कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ ।