मेरो घरको धारामा पनि पानी आउँदैन।

२०५३ सालमा शहरी विकास मन्त्रालयअन्तर्गत विल्डिङ आर्किटेक उपसमूहअन्तर्गत शहरी विकास तथा भवन निर्माणमा प्रवेश गर्नुभएकी इन्जिनियर मीना श्रेष्ठ २०६६ साल चैत १२ गते विल्डिङ एण्ड आर्किटेक उपसमूहमै सिनियर डिभिजनल इन्जिनियरमा बढुवा हुनुभयो । त्यसपछि पनि शहरी विकास तथा भवन निर्माणअन्तर्गतकै कार्यालयमा रहेर काम गर्नुभयो । २०७१ माघमा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सहसचिव पदमा बढुवा हुनुभयो । सुख्खा क्षेत्र खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाइ आयोजना हुँदै खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकको भूमिकामा रहनुभयो । गत भदौ २६ गतेदेखि विभागको महानिर्देशकको जिम्मेवारीमा रहनुभएकी श्रेष्ठसँग विश्व पानी दिवसको अवसरमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी ः

विश्व पानी दिवसका बारेमा बताइदिनुस् न ?

विश्व पानी दिवसको अवसरमा नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी पानी दिवस मनाउने गरिएको छ । २२ मार्चमा विश्व पानी दिवस मनाइन्छ पानी दिवस सन् १९९३ देखि मनाइँदै आएको छ । विश्वमा पानीको महŒवबारेमा जनतामा जनचेतना फैलाउन पानी दिवस मनाउने गरिएको हो । यो पानीसम्बन्धी समस्या समाधानका लागि नीतिगत सुधारका लागि सुझाब लिने दिन पनि हो । जानकारी लिने, सिक्ने दिन पनि हो । यस वर्षको पानी विश्व पानी दिवसको नारा भ्यालिङ वाटर रहेको छ । पानीलाई सम्मान गर्ने दिन हो । पानीको महŒव यसको मूल्यभन्दा बढी छ । साँच्चै भन्ने हो भने पानी अमूल्य वस्तु हो । पिउनमात्र नभइ घरायसी प्रयोजन, सरसफाइ, स्वास्थ्य, सामाजिक, सांस्कृतिक रूपमा, शैक्षिक र आर्थिक रूपमा पनि पानीको उत्तिकै महŒव रहेको छ । पानीविना जीवन चल्दैन । अझै पानीको महŒव कति छ भन्ने कुरा महिलाहरू धेरै भुक्तभोगी रहेका छन् । किनभने हाम्रो समाजमा खाना पकाउने र सरसफाइका लागि महिला नै अघि सर्नुपर्ने हुन्छ । यसको अर्को महवपूर्ण पक्ष, दिगो विकास लक्ष्यअनुसार सबै जनतालाई स्वच्छ र दिगोरूपमा सन् २०३० सम्म स्वच्छ खानेपानी र सरसफाइको पहुँच पु¥याउनुपर्नेछ ।

नेपालमा कति प्रतिशत जनतामा स्वच्छ खानेपानीको पहुँच छ ?

अहिले नेपालमा ९२ प्रतिशत जनतामा आधारभूतस्तरको पानीको पहुँच पुगेको छ । तर हाम्रो रेकर्डमा ९२ प्रतिशत भए पनि दिगोरूपमा सञ्चालन भएका आयोजना भने कमै छन् । समयमै मर्मत सम्भार र आयोजना सञ्चालनमा केही समस्या छ । किनभने मर्मत सम्भार र आयोेजना सञ्चालनमा स्थानीयवासी तथा उपभोक्ता समितिले चासो नदिने अवस्था छ । त्यस्तै उच्च तथा मध्यमस्तरको खानेपानीको सेवा भने २३ प्रतिशत जनतामा पुगेको छ ।

पुराना स्रोत सुक्दै गएको अवस्थामा पानीको कसरी व्यवस्थापन गर्नुहुन्छ ?

वातावरणीय अनुकुलन, जनसंख्या वृद्धिलगायतका कारण पानीका मुहानहरू सुक्दै गएका छन् भने जमिनमुनिका पानीको लेयर पनि झन्झन् घट्दै गएको अवस्था छ । जसका कारण डाँडा काँडामा बसेका नागरिकलाई खानेपानीको सेवा पु¥याउन समस्या परिरहेको छ । यसको समाधानका लागि मूलमा मात्रै भर नपरी खोला, नदीबाट पानी पम्प गरेर बस्तीसम्म पु¥याउने एउटा उपायमात्रै हुनसक्छ । अर्को कुरा, मुहान पुनरभरण गर्न हामीले प्रयोग गरिसकेको पानी पुनः जमिनमा पुनरभरण गर्न, रिचार्ज सकिन्छ । त्यस्तै घरहरू निर्माण गर्दा वर्षात्को पानीलाई बाढीका रूपमा बग्न नदिइ ठाउँठाउँमा रिचार्ज गर्ने अर्को उपाय हुनसक्छ । घरायसी रूपमा भन्ने हो भने आफ्नो गार्डेन, घर परिसर ढलान नगरिकन ढुंगा नछापिकन, ब्लहरू छापेर, हरियाली बनाएर आकाशबाट परेको पानी संकलन गर्ने र त्यसलाई पुनरभरणका रूपमा रिचार्ज गर्न सकिन्छ । जसले गर्दा इनारमा पानीको परिमाण बढ्नसक्छ । त्यस्तै ठूला नदीको पानी डाइभर्ट गरेर ल्याउन सकिन्छ ।

काठमाडौंवासीका लागि त वैकल्पिक स्रोत मेलम्चीे आएको छ तर अन्य शहरी क्षेत्रमा त मेलम्ची जस्ता नदीका स्रोत नरहेको अवस्थामा चाहिँ के गर्न सकिन्छ ?

अन्य वैकल्पिक उपायतर्फ जानुपर्ने हुन्छ । कुनै ठाउँमा ड्याम बनाएर वर्षात्मा संकलन गर्ने र हिउँमा छोड्ने खानेपानीका परियोजना पनि सञ्चालन गर्न सकिन्छ । त्यस्तै ठूलाठूला नदी सुनकोशी, कर्णाली, महाकालीबाट पनि पानी डाइभर्ट गरेर तराइका बस्तीमा लैजान सकिन्छ तर यस्ता परियोजना कार्यान्वयन गर्न भने त्यत्ति सहज छैन । किनभने यस्ता परियोजनाका लागि प्राविधि र आर्थिक सबै हिसाबमा धैर खर्च गर्नुपर्ने हुन्छ, समय पनि धेरै लाग्न सक्छ । तर सरकारले यस्ता परियोजनामा ध्यान दिँदै जानुपर्ने हुन्छ, यसको विकल्प छैन । वर्षात्मा ठूलो बाढी आउने खोला नदीमा डयाम बनाएर पानी भण्डारण गरेर हिउँदमा उपयोग गर्न सकिन्छ । पानी भनेको खानमात्रै नभई अरू धेरै काममा आवश्यक हुन्छ । कोरोनाले पानीको कत्तिको महव रहेछ भन्ने देखाएको छ ।

जलविद्युत् र सिँचाइ आयोजनाले खानेपानीका स्रोतमा कत्तिको असर पारेको छ ?

जलविद्युत् तथा सिँचाइ आयोजनाबाट खानेपानीका स्रोतमा खासै असर पर्दैन । किनभने सिँचाइ र जलविद्युत्का लागि खानेपानी आवश्यक पर्दैन, साथै तुलनात्मकरूपमा खानेपानी कम खपत हुन्छ । त्यसो त जलविद्युत आयोजनाले छोडेको पानी पनि खानेपानीका रुपमा प्रयोग गर्न सकिन्छ । जलविद्युत्ले पानी खाने होइन, जलविद्युत्मा प्रयोगपछि नदीमा छोड्ने हो । हुन त हाम्रो जलस्रोत ऐनमा पानीको प्रयोग सबैभन्दा पहिले खानेपानीमा गर्नुपर्छ, त्यसपछिमात्रै अन्य प्रयोजनमा प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

खानेपानी क्षेत्रमा विभागले जस्तै अन्य निकायले पनि काम गरिरहेको देखिन्छ, समन्वयको अवस्था चाहिँ कस्तो छ ?

संघीयताअघि पनि विभिन्न निकायले खानेपानीको क्षेत्रमा काम गरेको थिए भने संघीयतापछि खानेपानीका आयोजना कार्यान्वयन गर्ने नेपाल सरकारअन्तर्गतका जिम्मेवार निकाय भनेको केन्द्रमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, प्रदेशमा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका प्रदेश डिभिजन र स्थानीय तह नै हुन् । त्यसबाहेक केृही गैरसरकारी संस्थाले पनि साना साना आयोजना निर्माण, मर्मत सम्भारको काम गरिरहेका छन् । त्यसको समन्वय संघीयताअघि विभागले गथ्र्यो भने अहिले प्रदेश सरकारसँग समन्वय गरेर काम गरिरहेको अवस्था छ । त्यसबाहेक ग्रामीण खानेपानी आयोजना छ । खानेपानी संस्थान, बोर्ड छ । सबैले आ—आफ्नो क्षेत्रबाट काम गरिरहेका छन् ।

विभागद्धारा सञ्चालित आयोजना चाहिँ कति छन् ?

विभागअन्तर्गत विगतमा आयोजना झण्डै ४५ सय जति साना आयोजना थिए । ती आयोजना हामीले प्रदेशलाई हस्तान्तरण गरिसकेका छौं । अहिले हामीसँग साना आयोजना ११ सयवटा रहेका छन् भने ठूला आयोजना सञ्चालनमा छन् । विभागअन्तर्गत जनसाधन विकास कार्यक्रम, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू, राष्टिय सूचना व्यवस्थापन तथा अनुगमन आयोजना, खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम, खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम, तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना, जलवायु अनुकुलित बृहत् खानेपानी आयोजना, ढल निर्माण तथा प्रशोधन कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम, शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना) केन्द्रीय खानेपानी आयोजना र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा रहेका छन् । यी आयोजनाअन्तर्गत विभिन्न उपआयोजनासमेत छन् । यसबाहेक मेलम्ची खानेपानी विकास समिति, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्याका खानेपानी व्यवस्थापन बोर्ड, आयोजना कार्यान्वयन निर्देशनालयले पनि खानेपानीको क्षेत्रमा काम गरिरहेको अवस्था छ ।

खानेपानी मेलम्चीको पानी काठमाडौंमा आउँदैछ, वितरण प्रणाली कस्तो छ ?

मेलम्चीकोे पानी वितरण प्रणालीको काम आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची दोस्रो) ले गरिरहेको छ । हामीले जति पानी खान्छौं, त्यसको ८० प्रतिशत फोहोर पानीका रूपमा उत्पादन हुन्छ । मेलम्चीको पानी आइसकेपछि अवश्य पनि बढी खपत हुन्छ । त्यसैले फोहोर पानीको व्यवस्थापन चुनौतीपूर्ण छ । किनभने उपभोक्ताले पानीको महशुल तिर्छन् तर फोहोर पानीको महसुल तिर्न चाहँदैनन् । मेलम्ची आयोजनाले ढल व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र पनि निर्माण गरिरहेको छ ।

पानी आउने धाराबाट हावा आउँछ, हावाको पैसा तिर्नुपर्छ भन्ने उपभोक्ताको गुनासो छ नि ?

त्यो त हो, म खानेपानीको डिजी, मेरै घरमा पानी आउँदैन, पानी आउने ठाउँबाट हावा आउछ, यो आम उपभोक्ताको समस्या हो । किनभने हिउँदको समयमा वितरणका लागि पानी नै हुँदैन । तर अव मेलम्ची आएपछि त्यस्तो समस्या नहोला ।

विश्व खानेपानी दिवसको अवसरमा के भन्नुहुन्छ ?

सबै नेपाली उपभोक्तालाई आगामी दिनमा निरन्तररूपमा दिगो रूपमा स्वच्छ खानेपानी उपयोेग गर्ने अवसर मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।