राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेशी समकक्षीको स्वागत।

ढाका:= बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहका लागि ढाका पुग्नु भएकी राष्ट्रपतिलाई  बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नु भएको हो । स्वागतमा नेपाली राजदूत डा. वंशीधर मिश्र पनि उपस्थित हुनुहुन्थ्यो ।

भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । राष्ट्रपतिकोको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलमलगायत उपस्थित हुनुहुन्थ्यो।