सुर्खेतमा ५ औं थारु राष्ट्रिय साहित्य सम्मेलन, थारू भाषा, साहित्य, कला संस्कृति प्रवर्द्धनमा सहयोग।

सुर्खेत := थारू भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य सहित यहि चैत २१ र २२ गते राष्ट्रियस्तरकै ५ औं थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सम्मेलन सुर्खेतमा आयोजना हुने भएको छ।

थारू लेखक संघको आयोजनामा हुन गइरहेको सो सम्मेलनलाई थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेत लगायतको सहयोग रहने जनाइएको छ ।

थारू भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न गइरहेको थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल आयोजक समितिका संयोजक एवं थारु लेखक संघका केन्द्रीय संयोजक कृष्णराज सर्वहारीले बताए ।

सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल उनले बताए । थारु साहित्यिक सम्मेलन विगत ५ वर्ष यता गरिँदै आएको छ । पहिलो थारू साहित्यिक मेला २०७३ मा दाङको घोराही भएको थियो । त्यसयता निरन्तर साहित्यिक मेला हुँदै आएको भएपनि गत वर्ष कोभिड–१९ को कारणले हुन सकेन ।

सम्मेलनमा थारु लोक कला र सौन्दर्य बोध, निमाङ थारु लेखनशैली, थारु गीतको बाटो कता ?, बाल साहित्य कसरी लेख्ने लगायत विषयमा सम्मेलनमा छलफल हुने थारू राष्ट्रिय साहित्यिक सम्मेलनको मूल आयोजक समितिका सदस्य सोम डेमनडौराले बताए । त्यसैगरी थारु पहिचानको सवालहरु, सुर्खेतमा थारु पहिचान, थारु भाषाको कविता वाचन, गैरथारु साहित्यकारको नजरमा थारु साहित्य, लोक साहित्यको अवसर सम्भावना लगायत विषयमा बृहत छलफल गर्ने कार्यक्रम पनि हुने उनले बताए ।

यसैगरी साहित्यिक सम्मेलनमा यो वर्षमा प्रकाशन भएका दर्जन बढी पुस्तकको विमोचन गर्ने र थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा बिक्रीवितरणको लागि स्टलहरु राखिने जनाइएको छ ।

दुई दिनसम्म चल्ने साहित्य सम्मेलनमा विशेष वक्ताको रुपमा आख्यानकार महेशविक्रम शाह, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद थारु, मातृभाषा साहित्य विभागका प्राज्ञ लक्ष्मी माली, भाषा विभाग प्रा.डा. प्राज्ञ योगेन्द्र यादव, बालसाहित्य तथा लोकसाहित्य विभागका प्राज्ञ देवी नेपाल लगायतको सहभागिता रहने छ ।

त्यसैगरी सम्मेलनमा देशभरिका करिब दुई सय बढी स्रष्टाहरुको सहभागिता रहने सम्मेलन व्यवस्थापन समितिका संयोजक मानबहादुर पन्नाले जानकारी दिए । सम्मेलनमा थारु बाहुल्य रहेका तराईंका सबै जिल्लाका थारु साहित्यकार, लेखक, पत्रकारको सहभागिता रहने छ ।

यसका साथै सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन भारतमा बसोबास गर्ने थारुहरुलाई पनि आमन्त्रण गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।