[ अमरेस कुमार पाण्डेय ]
बारा (कोल्हबी):= ब्रेन ट्यूमरका कारण मृत्यु भएका बारा कोल्हवी नगरपालिका–३ जुअवाका पवन रामका परिवारको सहयोगका लागि संकलन भएको रकम हस्तान्तरण गरिएको छ।
पवनको परिवारका लागि संकलन भएको १ लाख ७५ हजार रुपैयाँ परिवारलाई प्रदान गरिएको हो । रेडियो बादलका नूर आलम बादशाहको समन्वयमा घरमै पुगेर युवा सुचना केन्द्र सिम्रौनगढ़का अध्यक्ष बिपिन सर्राफ, पचरौता बेनौलिका दिनेश प्रसाद यादव, टावर जमुनियाका महेश साह, कचोर्वाका मृतक पवनको मामा राज कुमार राम, स्थानीय सत्य जीवन शर्मा लगायतको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।
मृतक पवनको घरमै पुगेर उनकी आमा फूल कुमारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम पचरौता बनौलिका रञ्जित कुमार यादवले हस्तान्तरण गरेका थिए । उपचार खर्च जुटाउन समस्या भएको बेला परिवारको पीडा समेटिएको समाचार रेडियो बादलका सञ्चालक नूर आलम बादशाहको फेसबुक आईडीमा पोस्ट् भएपछि सो सहयोग रकम संकलन भएको थियो ।
पोस्ट पढेर आफूले सहयोग अभियान सुरु गरी केही रकम सहयोग गरी सहयोग अभियान सञ्चालन गरेको पचरौता बनौली बाराका त्रिभुवन यादवले जानकारी दिए । उनले साथीहरूको सहयोगमार्फत पवन परिवारलाई आर्थिक सहयोग गरिएको बताए । हाल अमेरिकामा रहेका यादवको अगुवाइमा र अन्य देशमा रहेका सहयोगी साथीहरूबाट रकम संकलन गरी सहयोग गरिएको वहाँले जानकारी दिए ।
उनले मृतक पवन रामका परिवारलाई फेसबुक फण्ड मार्फ़त सेभ पवन राम अभियान नामकरण गरेर संकलन भएको १ लाख ७५ हजार रुपैयाँ पवन परिवारलाई रकम हस्तान्तरण गरेका थिए । त्रिभुवन यादवले पवनको परिवारको पीडामा साथ दिन सानो रकम सहयोग गरिएको बताए । उनले सहयोग रकमले केही भए पनि परिवारमा सहज हुने बताए ।
उक्त अभियानमा साह रमेश कुमार, त्रिभुवन यादव, कल्याण बाबू मैलाबरम, रवि साह, मातृका गुप्ता, रमेश नमानी, नरेन्द्र गुप्ता, चन्दन ठाकुर, कृष्णा घिमिरे, बिजय कुमार, मनी सिंह, कुश मंडल, सुरेश यादव, थुसारा डेथ, जींस जोसेफ, राजू वड्डादी, विश्व समल, आशीष मिश्रा, बिकाश देव, दिनेश साह, जय साह, मोहन यादव, प्रेम साह, विजय चन्द्र, प्रजापति रतिरंजन, मनीषा पवार, मनोज साह, मुकेश रॉयल, एस कन्द यादव, बिनोद साह, लाल जीत, सुम्या रथ, नीलमाधव मिश्रा, सतेन्द्र साह लगायतकाले रकम सहयोग गरेका थिए।
सहयोग गर्ने महान सहयोगीहरुलाई पवनका परिवारले संसारमा मानवता अझै मरेको छैन भन्दै हृदयदेखि धन्यबाद दिएका छन।




















