[ अभय दुबे ]
बारा := कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रम हिजो शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताउनु भएको छ । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार प्रमुख अतिथिको आशन ग्रहणबाट उदघाटन गर्दै पत्रकार सबै जातजातिको भएकोले पिछिडिएको समाजको सहि दिशा निर्देशमा पत्रकार जगतको भुमिका ठूलो रहेको बताईन । कानु पत्रकार संघ बाराको गठन भएपछि कानु समाजको उत्थानमा पत्रकार जगतले सहयोग गर्ने आग्रह गरिन ।

बाराको कलैया स्थित होटेल करण राज पैलेसमा आयोजित कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेध न २ को बिधायक एव जनता आवास कार्यक्रम रौतहटको संयोजक बाबुलाल साह कानुले पिछडिएका कानु जातिको उत्थानमा पत्रकारले कलम चलाउन आग्रह गर्नु भयो।
कानु पत्रकार संघ बाराको गठन भएकोमा आफू धेरै खुशी भएको साथै कार्यलय संचालनको लागि चाहिने आवश्यक सामग्रीहरु आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । कानु कान्दु ,हलौवाई सबैलाई गोलबध गरि एकजुट बनाउनु पर्नेमा जोड दिनुभयो । कानु समाज पहिला भन्दा अहिले समयमा धेरै अगाडि शिक्षामा अगाडि बढेकोले धन्यवाद दिदै अझै समुचित भैइ अगाडि बढन आग्रह गर्नु भएको थियो । दहेज प्रथा अन्तको लागि छोरिलाई उच्च शिक्षा दिनु पर्नेमा वहाले जोड दिनु भयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बाराको प्रमुख जिला अधिकारी सुरेन्द्र पौडेलले पत्रकारिता क्षेत्रको बिकासले समाजले नयाँ जनशक्ति र समाज सुधार हुने बताउनु भयो । कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न २ को सचिव गुरुप्रसाद गौतम , वरिष्ठ पत्रकार गोकुल घोरसाईने , पुर्व उपाध्यक्ष राकेश पान्डे , रेशम तिवारी , कानु समाज बाराको अध्यक्ष ओमप्रकाश साह कानु , उपाध्यक्ष हरिनारायण साह , रबिन्द्र साह , भूषण गुप्ता , नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दास ,उधोग बाणिज्य संघ बाराको महासचिव राम असिस साह कानु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा कानु पत्रकार संघ बारामा आवद्ध सम्पुर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथी तारा देबि कानुले सपथ ग्रहण गराउनु भएको थियो । त्यसैगरी कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहले प्रमुख अतिथि तारा देबि कानुलाई गणिनाथ महराज अंकित मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रममा बारा , पर्सा ,रौतहटका स्वजातिय ब्याक्तित्वहरुको स्शभागिता रहेको थियो । कार्यक्रमको संचालन कानु पत्रकार संघ बाराको उपाध्यक्ष नरेश गुप्ता स्वागत मन्तव्य संघको सचिव श्री कान्त गुप्ताले गर्नु भएको थियो ।




















