३६ वर्ष अघि पाटनबाट चोरेर अमेरीका पुर्याईएको मुर्ति फिर्ता ल्याउन नेपाल सफल।

काठमाण्डौं:= ३६ वर्ष अघि पाटनबाट चोरेर अमेरीका पुर्याईएको लक्ष्मी नारायणको मुर्ति फिर्ता ल्याउन नेपाल सफल भएको छ । शुक्रबार नेपाली दुतावासमा आयोजित एक कार्यक्रमका बीच अमेरीकाले उक्त मुर्ति नेपाललाई फिर्ता गरेको हो ।

अमेरिकी संघीय अनुसन्धान ब्युरोका उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

नेपाली राजदुत डा. युवराज खतिवडाले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्य, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद व्यक्त गरे । वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर उक्त मूर्ति नेपाल पठाइने जानकारी दिएको छ।