एनआरएनए मलेसियाद्वारा नयाँ सदस्यता वितरण सुरु, के तपाईंलाई समस्या छ? एनआरएनलाई सम्झनुहोस्।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले नयाँ सदस्यता बितरण कार्य सुरु गरेको छ।

” नेपालीको लागी नेपाली ” भन्ने मुल नारालाई आत्मसात गर्दै वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत दुखी,पीडित नेपाली श्रमिक हरुलाई हरदम सहयोग गर्दै निरन्तर अगाडि बढ्दै आईरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अहिले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिलाई मध्य नजरगर्दै एनआरएनएले अनलाईन प्रणालीमार्फत नयाँ सदस्यता बितरण कार्य खुल्ला गर्न लागिएको संघका अध्यक्ष हरि भट्टराईले जानकारी गराउनुभयो।

अध्यक्ष भट्टराईका अनुसार नयाँ सदस्यता बितरण यहीँ बर्ष सन् २०२१ को फेब्रुअरी महिना १६ तारिखदेखी आउदो महिना जुन ७ तारिखसम्मको लागी खुल्ला गरिईने जानकारी गराउनुभयो।
नयाँ सदस्यता लिनको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् :
http://members.nrna.org/signup
करिबकरिब एक बर्षदेखी मलेसियामा कोरोना भाइरस फैलिएको छ। र कोरोनाले यहाँ हजारौं मानिसको मृत्यु समेत भैइसकेको छ। कोरोनाबाट मलेसियामा रहेका नेपाली श्रमिकहरु समेत प्रभावित भएको र मृत्यु भएको मलेसियन स्व्वास्थ्य मन्त्त्रालयको तथ्यांकले देखाउछ।

एनआरएनए मलेसियाले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिती संगको सहयोग र सहकार्यमा कोरोना माहामारीकै बिचमा गएको बर्ष सन् २०२० को अक्टोबर ८ तारिखदेखी निरन्तर रुपमा ( Covid-19 reparation relief found ) नामक कार्यक्रम सुरु गर्दै हजारौंहजार नेपाली श्रमिकहरुलाई खाद्यान्न सामाग्री बितरणदेखी आर्थिक,भौतिक सहयोग समेत गर्दै आईरहेको छ।

मलेसियाको हरेक कुना-कुनामा बसोबास गरिरहेका सम्पुर्ण नेपालीले आवश्यक र दु:ख परेको बेला एनआरएनएबाट भरपुर सहयोग पाउन भन्ने उदेश्यले विभिन्न राज्य , क्षेत्रमा स्वयंसेवक परिचालन गरि सहयोग गरिरहेको अध्यक्ष भट्टराईले बताउनुभयो।

[ तस्बिरमा एनआरएनए मलेसिया अध्यक्ष हरि भट्टराई ]

अझैपनि मलेसियामा साच्चैनै कोहि नेपाली श्रमिक दाजुभाइ , दिदिबहिनीहरु पीडित र दुखित अवस्थामा हुनुहुन्छ भने एनआरएनए मलेसियालाई सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ अध्यक्ष भट्टराईले अनुरोध गर्दै भन्नुभयो।

मलेसियामा कोरोना भाइरसको कारण प्रभावित भएर रोजगारी गुमाएर त्यतिकै बसिरहेको, स्वदेश फर्किन नपाएका, विभिन्न कारणले बिरामी परि उपचार नपाएर थल्ला परेका बैधानिक , अबैधानिक पीडित नेपाली श्रमिकहरुले एनआरएनए मलेसियाका अध्यक्ष, महासचिव, कार्यसमितिका सदस्यहरु तथा स्वमसेवकहरुलाई सीधा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं । हरि भट्टराई , अध्यक्ष,: ०१२६९३३६७७ हेमराज सापकोटा, महासचिब, ०११२६३१३१७० स्वंमसेवकहरु : १) बेदना श्रेष्ठ, जोहोर, सम्पर्क : ०१०–२३६५८८७ २) राजु शर्मा, केएल केएल÷सेललङ्गर सम्पर्क : ०१२९४३०६९६ ३) सुरेश देवकोटा, पेनाङ सम्पर्कः ०१८९४१३७५९ लगायतको यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।