म्यानमारमा सैन्य शासनविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय दिइने।

म्यानमार:= केहि दिनअगि मात्र सैन्य शासन सुरु भएको म्यान्मारमा कडा कानुन लागू भएको छ । सेनाले बनाएको कानुनअनुसार सैन्य शासनविरद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय दिइने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले लोकतन्त्रवादी नेत्री आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहितका शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सैन्य कू गरेका थिए ।


म्यान्मारमा हाल दैनिक सेनाविरुद्ध प्रदर्शन भइरहेको छ । यसबीचमा सैन्य शासनविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय तोकिएको हो ।

हाल प्रदर्शनलाई मत्थर पार्न म्यान्मारको सडकमा बख्तरबन्द गाडीहरु सहित सेनाहरुसमेत खटाइएका छन् भने त्यहाँ इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।