नेताको इसारामा उफ्र साथी !

[ रचना लेखक : कृष्ण ढुंंगाना ]

आहा जनता कत्ति जाती भन्छन् होला कमरेड राती
उहीँ पुरानो सस्तो भाउमा कत्ति पटक बिक्छौ साथी
प्रसस्तैछ्न झोलेहरु कम देख्दिन तलमाथी
जयजयकारको जमात उस्तै फेरि पनि बिकेउ साथी।।

मनलाग्दी छ कठै कम्युनिस्ट बोल्दै हिड्छ्न नाना भाती
हाम्रा कमरेड महान भन्दै तिमी ताली ठोक्देउ साथी
आफ्नो कद जोगाउनुको दौडधूप उनलाई दिन राति
राख्दैनौ केही लेखा जोखा बफादार छौ माने साथी।।

मर्न तयार मार्न तयार थाप्छौ गोलि खोल्छौ छाती
बलात्कारको सिकार चेली तिमी कहिले बोल्छौ साथी
आफै हानालुछी गर्दा छिमेकलेघर लुट्यो आधी
हाम्रा नेता महान भन्दै तिमी नारा लगाउ साथी।।

चल्न छोड्यो वरपर ऐचो पैचो माना पाथि
मर्दा पर्दा चाइने हामी पानी बार्छौ किन साथी
बलत्कारी भ्रष्टाचारि उडदै आउछ्न आकाश माथी
फुलमालालिइ दिनैभरी पर्खी बस्छौ धन्य साथी।।

लुट्न पाय एकै ठाउमा आइ पुग्छ्न यी सबै वादी
तिमी बेकुफ ,जोकर,भेडा,इसारामा उफ्र साथी
तिमी बेकुफ,जोकर,भेडा, इसारामा उफ्र साथी।।

( नाम : कृष्ण ढुंगाना )
नेपालको ठेगाना : चितवन् माडी नगरपालिका ७ कृतनपुर
हाल : मलेसिया बालाकोङ चेरास जया