रामकुमारी झाँक्री रिहा

काठमाडौं ।  विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा हुनु भएको छ ।

प्रहरीले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको झाँक्रीलाई करिव ६ घण्टापछि रिहा गरेको हो । 

नेकपा प्रचण्ड–माधव पक्षका नेता र महानगरीय अपराध माहाशाखाकाबीच भएको छलफलपछि उहाँलाई छोड्न प्रहरी तयार भएको थियो ।

झाँक्रीलाई राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।