क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेटालिङ जयामा ब्रेक–अपको रिसमा आफ्नी पूर्वप्रेमिकामाथि तेजाब (एसिड) प्रहार गरी फ’रार भएका एक विदेशी पुरुषको मलेसियान पुलिसले तीव्रताका साथ खोजी गरिरहेको छ। पेटालिङ जयाको PJS 4 क्षेत्रमा रहेको एक खाजा घर बाहिर गत मंगलबार बिहान घटेको यस घटनामा पीडित २० वर्षीया महिला र आरोपी पुरुष दुवै विदेशी नागरिक हुन्।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच हालै सम्बन्ध विच्छेद भएपछि रिसको झोकमा ती पुरुषले महिलामाथि तेजाब खन्याएको पुलिस अनुसन्धानबाट खुलेको छ। तेजाब प्रहारबाट गम्भीर घाइते भएकी ती महिलाको हाल युनिभर्सिटी अफ मलाया मेडिकल सेन्टर (UMMC) मा उपचार भइरहेको छ।
घटनालगत्तै आ’रोपी पुरुष घटनास्थलबाट फरार भएकाले पेटालिङ जया जिल्ला पुलिसले विशेष टोली खटाएर उनको खोजी कार्य र पहिचान प्रक्रियालाई तीव्र बनाएको छ। पुलिसले यस घटनालाई मलेसियाको पेनल कोडको धारा ३२६ (जानीजानी ख’तरनाक माध्यमद्वारा ग’म्भीर चोट पुर्याएको कसुर) अन्तर्गत दर्ता गरी कानुनी का’र’बाही अगाडि बढाएको छ।
अ’प’राधीलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउनका लागि स्थानीय प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजहरू संकलन गर्नुका साथै प्रत्यक्षदर्शी र साक्षीहरूको बयान लिने काम गरिरहेको छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















