मुम्बई:= बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध लेखक जावेद अख्तरको मानहानिको मुद्दामा अदालतले सुनुवाइ गर्दै कंगनालाई पत्र पठाएको छ । सुनुवाइको क्रममा मुम्बई प्रहरीले अदालतसामु थप अनुसन्धान आवश्यक रहेको बताएको थियो । त्यसपछि कंगनालाई आफ्नो वयान दर्ता गराउन उपस्थित हुनका लागि पत्र पठाएको हो ।
जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराउनु भएको थियो । अन्धेरीको मेट्रोपोलिटन मजिष्ट्रेटले २०२० को डिसेम्बरमा जुहु प्रहरीलाई जावेदको मानहानिको आरोपमा थप छानविन गर्न निर्देशन दिएको हो ।
कंगनाले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नोबारेमा आपत्तिजनक वयान दिएको आरोप जावेदले लगाउनु भएको थियो । यसअघि पनि प्रहरीले कंगनालाई वयान दर्ता गराउन पत्र पठाएर बोलाइसकेको थियो । यद्यपि, कंगनाले यसबारे कुनै जवाफ दिनु भएको थिएन । यस मुद्दामो अर्को सुनुवाइ मार्च १ तारिखमा हुँदैछ । एजेन्सी




















