कोल्हबी (बारा):= मालपोत कार्यालय कलैया बाराको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेश न.२ का कृषि मन्त्री सैलेन्द्र कुमार साहको प्रमुख अतित्थव र प्रदेश न.२ क्षेत्र न.३ का प्रदेश सभा सदस्य पारस साहको विशिष्ट अतित्थवमा बुधबार मालपोत कार्यालयको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
नेपाल लेखापढी कानुन व्यवसाहि अध्यक्ष बृजकिशोर यादव, पुर्व कोषा अध्यक्ष रामलाल यादव,मालपोत कार्यालय प्रमुख प्रमोद अधिकारी,मालपोत कार्यालयका सुब्बा कौशल कुमार झा लगायतले आफ्नो जिगासा व्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रममा मालपोतका कर्मचारी श्याम यादव, लगायत लेखनदास सेबाग्राहीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्दै कृषि मन्त्री साहले खाने पानी जदान गर्न र प्रतीक्षालय निर्माण गर्न ओहाले प्रतिवक्ता व्यक्त गर्नु भयो र सेवाग्राहीहरुलाइ सेवा दिनका लागि सहज बनाउन कार्यालय प्रमुख, कर्मचारी लगायतको साथ सहयोगले सेवाग्राहीहरुले चाहेको सेवा उनीहरुलाई दिने उहाले जोड दिनु भयो।




















