श्री ने.रा मा.वि. देवताल गाउँपालिका पिप्राढ़ीको दुई कोठे भवनको सिलान्यास।

[ अभय दुबे ]

बारा:= देवताल गाउँपालिका को अध्यक्ष चंदन कुमार सिंह दृरा, ने.रा.मा.बिधयालय पिप्राढी ४ मा दुई कोठे भवनको शिलान्यास गरिएको छ । सिलान्यास कार्यक्रममा अतिथिको रुपमा देवताल गा.पा. को प्रसासकिय अधिकृत सिकेन्द्र साह, देवताल गा.पा. शिक्षा प्रमुख रितिका दहाल, वाडा न ४ अध्यक्ष मिश्रीलाल सहनी, जसपा युवा नेता शिवदरशन पडित , जसपा युवा नेता अबास अंसारी, नेपाली कांग्रेस युवा नेता सुरेश साह , नेपाली कांग्रेस युवा नेता बिजय मिश्रा , शिक्षक अवधकिशोर गिरी लगायत स्थानिय बासिको उपस्थिति रहेको थियो।


देवताल गाउँपालिका को अध्यक्ष चन्दन कुमार सिंह ले आफ्नो मन्तब्य ब्यक्त गर्दै भन्नु भयाे, “म अध्यक्ष बने पछि मेरो सबै भन्दा ठुलो ध्यान शिक्षा र स्वास्थ्य मा नै छ । मेरो गा .पा. मा हरेक घर घर बाट शिक्षा मा अगाडि बढाउन को लागि मैैैैले जुनसुुुकैै कदम पनि चाल्न सक्छु । हरेक कुरा को मध्य नजर गर्दै अध्यक्ष सिंहले शिक्षा मा ध्यान दिएको जानकारी दिनु भयो । उपभोक्ता समिति को अध्यक्ष श्याम सुन्दर साह ले गमछा ओढाई सम्मान गर्नु भएको थियो।