नेकपा प्रचण्ड-माधव समूहले भोलि देशब्यापी बन्द,आम हड्ताल गर्ने।

काठमाडौं:= नेकपा प्रचण्ड-माधव समूहले भोलि देशब्यापी बन्द,आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त समूहले जनाएको छ ।

आम हड्ताल घोषणा गर्न दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।