[ अभय दुबे ]
बारा:= निर्वाचन पूर्व घोषणा गरे अनुसार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले शहिद परिवारका ११ सदस्यहरुलाई मन्त्रलयमा जागिर दिइएको छ ।
मन्त्री सोनलको विशेष पहलमा मंगलबार मधेस आन्दोलनको क्रममा शहिद भएकामध्ये ११ परिवारका सदस्यलाई मन्त्रलयमा जागिरको नियुक्ति पत्र दिइएको थियो । सबैलाई मन्त्रालयको विभिन्न निकायमा रोजगारी दिइएको छ ।
रोजगारी पाएका सबैलाई मन्त्रालयका सचिव रामआधार साहले शहीद परिवारलाई नियुक्त पत्र दिइएको थियो । अरु थप शहीद परिवारहरुलाई स्थायी रूपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको छु भन्ने कुरा मन्त्री जितेन्द्र सोनलले जानकारी दिनु भएको छ।




















