नायिका सुष्मा कार्कीमाथि कुटपिट।

काठमाडौं := नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । कार्कीले मंगलबार दिउँसो काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन ।

सोमबार राति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको र आफु कुटिएको भन्दै कार्की उजुरी दिन पुगेको प्रहरीले बताएको छ । कार्कीले स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उसत्व रसाइलीविरूद्ध उजुरी दिएकी छिन् ।

घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यता उसत्वले भने कार्कीले तथानाम गाली गरेको र आफुमाथि दुर्व्यवहार भएपछि आरती खड्काले आफुलाई प्रोटेक्ट गर्न झापड हानेको बताएका छन् ।